दुई महिनामै यूएईमा ५१ नेपालीको मृत्यु

काठमाडौं । खाडी मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीको सपनासहित पुगेका नेपाली श्रमिकमध्येको ५१ जनाले पछिल्ला दुई महिनामै ज्यान गुमाएका छन्। आफ्नो घरपरिवारलाई सुख–सुविधा दिलाउने आकांक्षामा परदेशिएका ती नेपालीहरू मृत्युसँग पराजित हुँदै मातृभूमिमा फर्किन नपाई विदेशमै ढलेका हुन्।
यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना, अर्थात् साउन र भदौमा, क्रमशः ३२ र १९ गरी ५१ जना नेपालीको मृत्यु भएको हो।
यो आँकडाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको असुरक्षित अवस्था र नियतिको कठोर यथार्थलाई पुनः उजागर गरेको छ।
अघिल्लो वर्षको तुलनामा मृतकको सङ्ख्या केही घटे पनि त्रासदी भने उस्तै छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामै ६२ नेपालीले यूएईमा ज्यान गुमाएका थिए। त्यो वर्ष मात्रै कुल ३१२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ। औसतमा प्रत्येक महिनाजसो २६ नेपालीले वैदेशिक भूमिमा प्राण गुमाएका थिए। यसअघि आर्थिक वर्ष २०८०/८१ मा २३१ नेपालीको मृत्यु भएको तथ्यांक छ।
मृत्युका कारण फरक–फरक छन् – सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मुटु सम्बन्धी समस्या, हृदयाघातलगायत। तर परिणाम एउटै छ – परिवारमा शोक र अधुरो सपना। वैदेशिक रोजगारीमा जानेहरू आर्जन गरेर घरमा खुसी ल्याउने अपेक्षामा भए पनि कतिपयको जीवन भने अकालमै समाप्त हुन्छ।
श्रमिकहरूको बलिदानीले रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई उकासेको यथार्थ सर्वविदित छ। तर, निरन्तर बढिरहेका यस्ता मृत्युहरूले नेपाली श्रमिकको जीवन सुरक्षामा अझ गम्भीर प्रश्न खडा गरेको छ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया