सहारा क्लब पोखराको नेतृत्व फेरि थापाकै काँधमा, अध्यक्षमा निर्विरोध विजयी

पोखरा । खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय सहारा क्लब पोखराको नेतृत्व फेरि केशव बहादुर थापाकै हातमा पुगेको छ । क्लबको १४औं अधिवेशन तथा २७औं साधारणसभाले आगामी दुई वर्षका लागि थापालाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
थापा यसअघि पनि २०७४ देखि २०७८ सम्म दुई कार्यकाल अध्यक्ष रहिसकेका थिए । सुरुमा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र थापाले दाबी गर्दा अधिवेशन दुई दिनसम्म तन्किए पनि अन्ततः सहमतिमार्फत थापा अध्यक्षमा पुनः दोहोरिएका हुन् ।
त्यसैगरी पूर्णबहादुर गुरुङ तेस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्विरोध पुनः चयन भए । उपाध्यक्षमा विनुराना मगर, महासचिवमा गंगाराम पौडेल, सचिवमा ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्षमा लिलबहादुर थापा र सह–कोषाध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा रोजिना गुरुङ, अम्बर राजभण्डारी, विजय गुरुङ, प्रमिला घले, शैलस गुरुङ र ज्योती केसी निर्विरोध चयन भए ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका रविचन्द्र जमरकट्टेल र बाबुराम अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया