ताराखोलामा जीप दुर्घटना, १ जनाको मृत्यु ४ जना घाइते

पोखरा । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाईते भएका छन् । ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार र २६ वर्षीय दिनेश थापा घाइते भएका छन् । घाइतेमध्ये २६ वर्षीय थापाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ । जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया