टिकटक भिडियो बनाउन बाढीमा हामफाल्दा युवक बेपत्ता
समाधान संवाददाता
२०८२ असोज २० गते ६:१७

पोखरा । टिकटक भिडियो बनाउन बारा जिल्लाको दुधौरा खोलामा हामफालेका एक युवक बाढीले बगाउँदा बेपत्ता भएका छन् । प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोसाई शनिबार दिउँसो खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका हुन् ।
स्थानीयका अनुसार गोसाई आफ्ना साथी अनुराग केशरीसँग टिकटक भिडियो खिच्ने उद्देश्यले खोलामा हामफालेका थिए । तर बाढीको वेग बढेपछि उनी पौडिन नसकी बगाएका हुन् । साथमा रहेका अनुराग केशरी भने पौडेर सुरक्षित रूपमा किनारमा निस्किन सफल भएका छन् ।
बेपत्ता गोसाईको खोजीका लागि प्रहरीले स्थानीयवासीको सहयोगमा खोलामा व्यापक खोज अभियान सुरु गरेको छ । लगातारको वर्षाका कारण खोलाको बहाव तीव्र भएपछि खोज कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया