दुलेगौंडामा गाडी दुर्घटना, ११ घाइते, ५ जनाको पोखरामा उपचार हुँदै

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा हेल्थपोष्टचोकमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुलेगौंडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रोबस दिउँसो साढे ३ बजे सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा माइक्रो चालकसहित ११ जना घाइते भएका थिए । सामान्य उपचारपछि पाँच जनालाई गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
गम्भीर घाइतेमध्ये शुक्लागण्डकी–८ लालिमकी १६ महिने बालिका रोशनी थापा रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै, गणपतेकी ४५ वर्षीया दलकुमारी राना, सोही ठाउँकी २१ वर्षीया रविना थापा, लालिमका १६ वर्षीय रविन भुजेल र शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि थप उपचारका लागि पोखरा रेफर गरिएको हो ।
माइक्रो चालक शुक्लागण्डकी–२ हलेदीका सुमित थापा मगर सामान्य घाइते छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा माइक्रोले ठक्कर दिँदा दुलेगौंडाबाट लामागाउँतर्फ जाँदै गरेको ग १ ज ६५५३ नम्बरको जीप पनि क्षतिग्रस्त भएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले तीव्र गतिका कारण नियन्त्रण गुमाएर माइक्रो सडकबाट खसेको देखिएको छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया