गण्डकीका मुख्यमन्त्री निवासमा दोस्रोपटक आगजनी गर्ने युवा पक्राउ

पोखरा ।
असोज १२ गते राति पोखरा महानगरपालिका–१७ सहिदचोकस्थित मुख्यमन्त्रीको निवासमा आगजनी गरेको अभियोगमा १ युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–४ घर भई हाल पोखरा महानगरपालिका–७ राष्ट्रबैंकचोक बस्ने २२ वर्षीय संजोक थापा छन् । उनी मिति २०८२ भदौ २३ र २४ गतेका आन्दोलन, तोडफोड र आगलागी घटनापछि फरार थिए ।
सहिदचोकतिरको पर्खालबाट भित्र पसेका उनले पहिला जल्न बाँकी रहेका सामान रहेको कोठामा आगजनी गरेका थिए । जेनजी आन्दोलनका क्रममा जलाइएको मुख्यमन्त्री निवासका बाँकी सामान एउटा कोठामा राखिएको थियो ।
थापालाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामारा गरी स्क्रिन तोडफोड गरेको र बैंक सम्पत्तिमा क्षति पुर्याएको तथ्य पनि खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा थापाविरुद्ध आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको अभियोगमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया