
पोखरा ।
अधिकांश नेपालीको दिनचर्या बिहानको चियाबाट सुरु हुन्छ । चिया र हाम्रो नजिकको साइनो छ । चिया नेपाली संस्कार हो । कहीँ पाहुना जाँदा वा कोही आउँदा चियाले नै सत्कार गरिन्छ । त्यति मात्र होइन कुनै भेटघाट वा जमघटमा पनि चिया पिउनु अनिवार्य झैँ बनेको छ ।
पोखरा महानगरपालिका कार्यालयको अपोजिट साइट नयाँ बजार जाने गल्लीमा रहेको पोखरेली चिया स्पोटले साथीभाइसँगको भेटघाट र चियाको सम्बन्धलाई झन् नजिक बनाइदिएको छ । चिया स्पोट पोखरा पामेकी २५ वर्षीया मञ्जु चापागाईंले खोलेकी हुन् । स्नातक तहकाे पढाई सकेर व्यवसाय गर्ने सोच आएकाले चिया पसल खोलेकी उनले बताइन् ।
उनी आफुलाई पनि चिया मन पर्ने भएकाले खाली ससमयको सदुपयोग गर्न चिया पसल खोल्ने सोच आएको उनको भनाइ छ । डेढ महिना अघि उनकी बहिनी अञ्जु चापागाईं र उनी मिलेर चिया पसल खोलेका हुन् । चिया पसल राम्रै चलिरहेको छ । चिया बनाउन लोकल दुध प्रयोग गरिने उनले जानकारी दिइन् । चियाका साथै झानेको करेन्ट चाउचाउ ग्राहकले मन पराएकाे उनी बताउँछिन् । पोर्क मम, सुकुटी सेट, कोन लस्सि यहाँका स्पेशल हुन् ।
पोखरामा विभिन्न ठाउँमा चिया पसलहरु छन् । तर, अरु भन्दा फरक ढंगले चिया पसल सञ्चालन गर्ने सोच आएको सुनाउँदै चापागाईं भन्छिन्, ‘हाम्रो स्पेशल भनेको मसला र मट्का चिया हो । अरु भन्दा अलि फरक र अनौठो बनाउनका लागि राम्रो नाम राखौँ र युनिक स्वाद दिउ भन्ने भयो ।’
चिया पसलमा धेरै लगानी पनि नलाग्ने भएकाले यसमा चासो गयो । भाडाहरु किन्न र डेकोरेशन गर्न चाहिँ खर्च भयो । उनका अनुसार चिया स्पोटको मुख्य विशेषता भनेको चियाको स्वाद र यहाँको वातावरण हो । भित्तामा टाँसिएका बाँसले पसललाई झनै आकर्षक बनाएकाे छ । चियाकाे चुस्कीसँग साथीसँग गफ पाइन्छ ।
चिया नेपालीहरुको पुरानो कल्चर भएकाले पनि नेपाली समाजमा चियाको क्रेज बढेको उनी सुनाउँछिन् । ‘पाहुना आउँदा पनि पहिले चिया नै दिइन्छ । साथी भाइ भेट्दा पनि चिया नै खाइन्छ । चिया खाने चलन घरदेखि नै बसेको बानी भएकाले पनि यसको क्रेज बढेको हो,’ उनले भनिन् ।
मञ्जुको चिया स्पोटमा १२ थरीका चिया पाइन्छन् । बिहान ७ देखि बेलुका ८ बजेसम्म खुल्ने यहाँ दैनिक १०/१५ हजार कारोबार हुन्छ ।
अहिलेको पुस्ताहरु राम्रो ठाउँ खोज्ने, मिठो र नयाँ स्वाद खोज्ने, अलिकति डेकोरेशन भएको ठाउँहरू रोज्ने भएकाले चियाको क्रेज बढेको छ । ग्राहकहरूले चियामा पनि धेरै भेराइटीहरु खोज्न गरेको उनको अनुभव छ । फरक स्वाद र रमाइलो वातावरणमा बसेर चिया पिउन मन पराउनेहरू धेरै छन् । त्यसैलाई मध्यनजर गरेर चिया पसल खोलेको उनले सुनाइन् ।
उनका अनुसार चिया स्पोटमा विशेष गरी १२ भेराइटीका चिया पाइन्छन् । उनले दैनिक १०/१५ हजार आम्दानी हुने जानकारी दिइन् । पसल बिहान ७ बजेदेखि रातिको ८ बजेसम्म चल्छ । मञ्जु मोटोभ्लग पनि गर्छिन् । उनी मोटरसाइकलमा देशका विभिन्न कुनाकाप्चा पुगेकी छन् । उनको यात्राको सुरुआत एउटा साधारण रुचिबाट भएको हो तर त्यो रहर अहिले उनको परिचयको बनेको छ ।
पहिलो पटक उनले पोखराबाट मुस्ताङसम्मको यात्रा गरेकी थिइन् । त्यसपछि उनले ढोरपाटन, रुकुम जनकपुर, भारतको दिल्ली, केदारनाथसम्म मोटरसाइकलमा यात्रा गरिसकेकी छिन् । उनले कहिले एक्लै बाटो समाउँछिन् भने कहिलेकाहीँ गल्र्स ग्रुपसँग पनि यात्रा गर्छिन् । महिलाहरु पनि साहसिक यात्रामा निस्कनुपर्ने उनको चाहना छ । आत्मविश्वास भएमा जस्तो पनि काम गर्न सकिने उनको धारणा छ ।
चिया पसल खोलेर व्यवसाय सञ्चालन गर्न चाहनेहरूका लागि चियाको ठुलो बजार रहेको उनी बताउँछन् । मञ्जु भन्छिन्, ‘चिया पसल खोलेर व्यवसाय गर्नेहरुको लागि नेपालमा अझै पनि चियाको बजार ठुलो छ । चिया व्यवसायमा अवसर पनि छ । प्रतिस्पर्धाको रुपमा भन्दा पनि अवसरको रूपमा हेर्ने हो भने चिया व्यवसाय राम्रो छ ।’


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया