मनाङको तिलिचो बेसक्याम्पमा फसेका पर्यटकको सशस्त्र प्रहरी बलद्वारा उद्धार

पोखरा ।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९, तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको कात्तिक १५ गते शनिबार बिहान ६ बजे सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
यसअघि २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातका कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर प्राप्त भएकोमा २ चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र रहेको फेला परेका छन्।
उनीहरू अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरूको उद्धारका लागि हिजो कात्तिक १४ गते त्यस तर्फ गएको थियो।
पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल गएको सुरक्षा फौजले शनिबार बिहान ११ नेपालीलाई चामे तर्फ ल्याउँदै गरेको छ। चिनियाँ नागरिक भने मौसम केही खुलेकाले भ्रमण पूरा गर्ने भन्दै बेसक्याम्पमै बसेका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ११ मध्ये १ जना महिला बिरामी, १ जना पुरुषको खुट्टामा चोट लागेको तथा सबै जनामा अक्सिजन लेबल कम रहेको पाइएको छ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया