सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

समाधान संवाददाता २०८२ कार्तिक १५ गते १८:३६

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीले सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । एसोसिएसनले अन्नपूर्ण गाउँपालिका–३, पाउदुरमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको हो ।

एसोसिएसनका अध्यक्ष लेखनाथ पौडेलले शनिबार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिए । अन्नपूर्ण–३ का वडाध्यक्ष फणीन्द्रराज पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । लक्ष्मी आधारभूत विद्यालयमा कक्षा ३ सम्म पढ्ने ६६ जना विद्यार्थीलाई न्यानो कपडा दिइएको उपाध्यक्ष चोक गुरुङले बताए । कार्यक्रम महासचिव पूर्णबहादुर थापाले सञ्चालन गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीहरूको उपस्थिति थियो । एसोसिएसनका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी र कार्यसमिति सदस्यहरू पनि कार्यक्रममा सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया