महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा युवाको तालाबन्दी र प्रदर्शन

समाधान संवाददाता २०८२ कार्तिक १६ गते १४:२७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा युवा कार्यकर्ताहरूले तालाबन्दी गरी प्रदर्शन गरेका छन् । पार्टीको नियमित महाधिवेशनको मिति तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले आज आइतबार पार्टी कार्यालयको मूल गेटमा ताला लगाएका हुन् ।

महाधिवेशनमा युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका युवा कार्यकर्ताहरूले पार्टी अनिर्णयको बन्दी बनेको भन्दै तत्काल ठोस निर्णय लिन नेतृत्वलाई दबाब दिएका छन् । तालाबन्दी लगत्तै उनीहरूले नाराबाजीसहित प्रदर्शन समेत गरेका थिए ।

असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजका लागि सारिएको थियो भने आजको बैठक पनि मंगलबारका लागि स्थगित भएपछि युवा कार्यकर्ताहरू आक्रोशित बनेका हुन् ।

Advertisement

केन्द्रीय समितिको बैठक लगातार स्थगित भएपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थी नेता भुवन भट्टले जानकारी दिए । युवाहरूको यो कदमले कांग्रेसभित्रको आन्तरिक किचलो र नेतृत्वप्रति बढ्दो असन्तुष्टि स्पष्ट पारेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया