मध्यपहाडी लोकमार्गको बिहुँखण्ड नौ वर्षदेखि अलपत्र, स्थानीय आन्दोलित

बागलुङ। मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँखण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले आन्दोलनको घोषणा गरेका छन्। बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडा अध्यक्ष वृहस्पती कँडेलको नेतृत्वमा जिल्ला प्रशासन आएका स्थानीयले मध्यपहाडी लोकमार्गले तत्कालै काम सुरु नगरे मङ्सिर १ गतेबाट लोकमार्गको बागलुङको बिहुँखण्ड बन्द गर्ने चेतावनी दिएका छन्।
आर्थिक वर्ष २०७२–७३ सालमा दुई वर्षमा सक्नुपर्ने काम पाँच पटक म्याद थप्दा समेत निर्माण सम्पन्न नभएपछि गतवर्ष ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो। नयाँ ठेकदारले समेत जम्मा १२ प्रतिशत मात्रै भौतिक प्रगति गरेपछि स्थानीयहरू सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा आएर चार बुँदे ध्यानाकर्षणपत्र बुझाएका थिए।
धुलोका कारण सास्ती खेप्नु परेको, वर्षौँदेखि सडक अलपत्र परेको र तत्काल कालोपत्रको काम नथाले आन्दोलनमा उत्रिएको जनाएको छ। मङ्सिरसम्म जिल्ला प्रशासन कार्यालयसहित मध्यपहाडी लोकमार्ग र निर्माण व्यवसायीबीच बैठक बसेर काम थाल्न लगाउने प्रजिअ गुरुङले स्थानीयलाई आश्वासन दिएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको सबै सडक कालोपत्र सकिँदा बिहुँखण्डको १२ किलोमिटर सडक अझै कालोपत्र भएको छैन।
बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष बित्दा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ–रिजाल भगवती जेभीसँग सम्झौता गरिएको थियो।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया