सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

समाधान संवाददाता २०८२ कार्तिक १७ गते ११:३८

काठमाडौं ।
सामाजिक सुरक्षा कोषमा हालसम्म ९४ अर्ब ९ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।


कोषमा २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।


कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार छ ।

Advertisement

तपाईको प्रतिक्रिया