सरकारद्वारा ‘जेनजी’ आन्दोलनका ४५ मृतकलाई सहिद घोषणा- सूचीसहित

काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राख्दै गत भदौ २३ र २४ गते देशभर भएका प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको थियो।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएअनुसार, काठमाडौंलगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जना व्यक्तिलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको हो।
“खासगरी गृह मन्त्रालयअन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई सहिद घोषणा गरिएको छ,” मन्त्री खरेलले भने, “अन्य थपको बारेमा अध्ययन हुँदैछ।”
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णयअनुसार सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए।
हेर्नुहोस सूची







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया