अपांग महासंघ गण्डकीमा हेम गुरुङ

पोखरा । राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको छैटौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन भएको छ । अधिवेशनबाट अध्यक्ष हेमबहादुर गुरुङको नेतृत्वमा १९ सदस्यीय प्रदेश समिति चयन भएको छ ।
समितिको उपाध्यक्ष पार्वती भुजेल, सचिव राम शर्मा पोखरेल, सहसचिव निरु बस्नेत र कोषाध्यक्ष विशाल विक निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता तारा शर्माले जानकारी दिइन् ।

प्रदेश कार्य समितिमा अपांगताको वर्गिकरण अनुसार ६ जना सदस्य निर्वाचित भएको छन् । शारीरिक अपांगता महिलातर्फ अञ्जु घिमिरे ढकाल, दृष्टिविहीन अपांगता महिलातर्फ ताराकुमारी पोखरेल, बहिरा तथा सुस्त श्रवण महिलाबाट हिराकुमारी थापा, बौद्धिक अपांगता तथा अटिजम अभिभावकबाट सिर्जना रिमाल, श्रवण दृष्टिविहीन वा अभिभावकबाट कोपिला थापामगर, स्वर बोलाई, हेमोफेलिया र मनोसामाजिक अपांगबाट संगीता पाठक निर्विरोध भएका छन् ।
अति र पूर्ण अशक्त अपांगता भएका व्यक्तिबाट सदस्यमा ४ जना निर्विरोध तथा चुनावबाट निर्वाचित भएका छन् । ती मध्ये शारिरीक अपांगताबाट सुनिल श्रीपाली विक, दृष्टिविहीन अपांगताबाट सुशिल गोदार, बौद्धिक अपांगता स्वयं व्यक्तिबाट हेलना श्रेष्ठ, बहिरा अपांगताबाट टेकनाथ आचार्य चुनिएका छन् । मदेशी तथा पिछडिएको समुदायबाट उमा छन्त्याल, जनजातिबाट कृष्णकुमारी श्रेष्ठ, दलितबाट सागर परियार, महिला अपांगता खुल्लाबाट बालकुमारी रेग्मी, निर्वाचित भएको राष्ट्रिय अपांग महासंघका संघीय सदस्य विष्णु सिग्देलले जानकारी दिए ।
‘समृद्ध गण्डकीको आधार, कानुनको प्रभावकारी कार्यान्वयन, पहुँचयुक्तता र अपांगता समावेशिकरण सबैको सरोकार’ भन्ने नाराका साथ भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश समितिका निवर्तमान अध्यक्ष खोमराज शर्माले गण्डकी प्रदेश सरकारले अपांगता भएका व्यक्तिको क्षेत्रमा बजेट कटौती गरेको बताए । उनले प्रदेश सरकारसँग नीतिगत व्यवस्था गर्न गरेको वकालतको कारण अपांगता भएको व्यक्तिको अधिकार सुनिश्चित गर्नको लागि प्रादेशिक ऐन जारी भएको दाबी गरे ।








मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया