न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने व्यवसायीको माग

पोखरा ।
पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफ्ठ्यारो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले पोखराको न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय पलायन हुने, सटर खाली हुने, सटर खाली रहने अवस्था आइपरेको बताए ।
भुकम्प, नाकाबन्दी, कोरोना महामारी पश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरु एकतफी पार्किङका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र त्यसलाई रोक्नका लागि सभागृह देखि बिपि चोक सम्म पश्चिम तर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको न्युरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले जानकारी दिए ।








रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया