ट्राफिक प्रहरी कार्यालयबाटै मोटरसाइकल चोर्ने पक्राउ

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट हराएको एक मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई मोटरसाइकल चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
गत भदौ २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीका क्रममा प्रहरी कार्यालयमा राखिएका सवारी साधन चोरी गरी चलाइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको परिसरमा अनुसन्धान तथा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको एक्स प्लस २०० मोडलको मोटरसाइकल चोरी गरी चलाएको प्रहरीले जनाएको छ । चोरी भएको मोटरसाइकलको इन्जिन नम्बर एमसि २० एइकेजीके ००३९३ र चेसिस नम्बर एमबिएलएलडियु (एल)केसिपी ००२७४ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
यसैबीच, कास्की प्रहरीले विभिन्न मिति र स्थानबाट चोरी भएका तीन थान स्कुटरसहित पाँच जनालाई पोखराका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की मातहतका इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले चोरीमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले चोरी भएका ग ९ प ८७६१ नम्बरको स्कुटर र ग १५ प ५२३७ नम्बरको स्कुटरसहित चार जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नम्बर ५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने २१ वर्षीय सुशील गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने २० वर्षीय सुदीप परियार छन् ।
त्यसैगरी, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ग ४ प ७६८४ नम्बरको चोरी भएको स्कुटरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोला बस्ने २७ वर्षीय रोशन परियार छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले चोरीमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिए । उनले विभिन्न मिति र स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा यो सफलता प्राप्त भएको बताए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया