नेफिनको गोष्ठी

समाधान संवाददाता २०८२ कार्तिक २१ गते १०:५७

पोखरा ।
आदिवासी जनजाति महासंघ (नेफिन) गण्डकी प्रदेशको आयोजनामा पोखरामा जुरिस्डिक्सनल रेड्प्लस (उत्सर्जन न्यूनीकरण)सम्बन्धी पालिका स्तरीय सचेतना तथा अन्तक्र्रिया गोष्ठी भएको छ । बिहीबार भएको गोष्ठीमा प्रदेश वन निर्देशनालयनका उपसचिव झ्यामनारायण सापकोटाले रेड र लिफ टेक्निकल विषय भए पनि महत्वपूर्ण रहेकाले यसका बारेमा सबै जानकार हुनुपर्ने बताए ।


यसले गाउँसमाज, सहर, टोल विकास र नेपालको हावापानीसँगै जलवायु परिवर्ततका कारण पर्ने प्रभावका बारेमा सबै सचेत हुनुपर्नेमा उनको जोड छ । गोष्ठीमा वन विनास र वन क्षयीकरण कारक तत्व र सम्बोधनका उपायहरु रेड कार्यान्वयनमा सरकारी निकाय, आदिवासी जनाजाति, वन उपभोक्ता समूह र स्थानीय सामुदायको भूमिका र जिम्मेवारी लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


उक्त विषयमा फेकोफन गण्डकी अध्यक्ष कालिदास सुवेदी, रेड्फोकल व्याक्ति तिलकबहादुर थापा र घनेन्द्र खनालले कार्यपत्र राखेका थिए । नेफिन र कार्यक्रमको उद्देश्यमाथि नेफिन गण्डकीका प्रतिनिधि तिर्शन घर्तीले प्रकाश पारेका थिए । कार्यक्रममा विभिन्न समुदायका ३९ जनाको सहभागी थियो ।

Advertisement


नेफिन गण्डकी सदस्य तथा पोखरा १ का जनप्रतिनिधि क्या. जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम लक्ष्मी गुरुङले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया