पूर्वसांसद मोहम्मद अफताब आलमको निधन

समाधान संवाददाता २०८२ कार्तिक २२ गते ६:४९

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएको छ। कात्तिक दोस्रो सातादेखि उपचाररत आलमको शनिबार बिहानपखको राति २ बजेर ५८ मिनेटमा निधन भएको हो।

कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले ६३ वर्षीय आलमको उपचारकै क्रममा मृत्यु भएको जानकारी दिएका छन्। केएमसीमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको उपचार गरिएको थियो।

Advertisement

आलममाथि २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा भएको बम विस्फोटका घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

Advertisement

तपाईको प्रतिक्रिया