योगेन्द्रलाई पुरस्कार

पोखरा ।
स्वर्गीय उदयबहादुर बस्नेतको स्मृतिमा सञ्चालित भलिबल पुरस्कार यस वर्ष पोखराका भलिबल खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई प्रदान गरिने भएको छ ।
भलिबल खेलका पूर्व राष्ट्रिय खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा हिमालय क्लब, पोखरा १६ बाटुलेचौरले सञ्चालन गरेको यो पुरस्कार यस वर्ष खेलाडी बस्नेतलाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । बाटुलेचौर निवासी बस्नेत राष्ट्रिय भलिबल खेलाडी हुन् ।
प्रत्येक २–२ वर्षमा प्रदान गरिने यो पुरस्कार यसअघि भलिबलका राष्ट्रिय खेलाडी इम राना, लेखनाथ लम्साल र लक्ष्मी गुरुङ सम्मानित भइसकेका छन् । रामबहादुर बानियाँ संयोजक र सदस्य प्रकाश थापा, राजेन्द्रबहादुर बस्नेत तथा सदस्य सचिव तुलबहादुर बस्नेत सम्मिलित पुरस्कार छनोट समितिले गरेको सिफारिसलाई क्लबले अनुमोदन गरी सम्मानित खेलाडीको नाम शनिबार सार्वजनिक गरेको हो ।
स्वर्गीय बस्नेत कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष हुन् । नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र सलसहितको यो पुरस्कार आगामी पुस १० गते क्लबको २८औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने सूचना अधिकारी शिवराज देवकोटाले बताए । भलिबल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई सम्मान गर्ने उद्देश्यले क्लबले पुरस्कार स्थापना गरेको हो ।
वार्षिकोत्सवका अवसरमा यही मंसिर २० गते २८औँ संस्करणको रक्तदान कार्यक्रम समेत गरिने जनाइएको छ । सो कार्यक्रमका लागि खगेन्द्र थापालाई संयोजक तोकिएको छ ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया