बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
समाधान संवाददाता
२०८२ कार्तिक २३ गते १३:३७

बागलुङ ।
बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।
साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो । नगरपालिका–४ उपल्लाचौरको आर्मी ब्यारेकदेखि रेड एप्पल होटलसम्मको सडक कालोपत्र गर्न थालेको छ भने वडा नं ६ स्थित चसेपानीमा सडक ढलान गरिरहेको छ ।
यस्तै, नगरपालिकाले बागलुङ बजारको हल्लनचोकदेखि बुद्धविहार चोकसम्मको सडक कालोपत्र, ट्राफिक कार्यालयदेखि नगरपालिकाको कार्यालयसम्मको सडक कालोपत्र र देउरालीचोकसम्मको सडक ढलान गर्ने तयारी थालिएको छ ।
यस्तै, नगरपालिकाले बागलुङ बजारका सबै खाल्डाखुल्डी पुर्नका लागि सडक कालोपत्र गर्ने कामसँगै अघि बढाएको नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए ।
नगरपालिकाले रु एक करोड आठ लाख लागतमा ठेक्का सम्झौता गरी बजार क्षेत्रका खाल्डाखुल्डी मर्मत गर्ने र पाँच वटा साना सडक छुट्टाछुट्टै सडक कालोपत्र तथा ढलान गर्न थालेको हो । विसं २०८२ वैशाखमा लीला निर्माण सेवासँग नगरपालिकाले यही कात्तिक मसान्तभित्र कालोपत्र र ढलान सक्नेगरी सम्झौता गरिएको थियो ।
असारअघि नै कालोपत्रको तयारी थाले पनि वर्षाका कारण रोकिएको थियो । कालोपत्र उप्किएर बागलुङ बजारका विभिन्न सडकमा खाल्डाखुल्डी परेकाले यही ठेक्कामार्फत खाल्डाखुल्डीमा कालोपत्र गर्ने कार्य गरिनेछ ।
नगरपालिकाले बजार क्षेत्रमा बर्सेनि रु एक करोड माथिको लागतमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्दै आएको भए पनि नाली साँघुरो हुँदा बर्खामा सडक बिग्रने गरेको छ । नगरपालिकाले बागलुङ बजारमा आउने भल निकासीका लागि रातमाटादेखि नै यही वर्षमा काम गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित






मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया