७ जिल्लाका सिडिओ फेरिए, मुस्ताङमा अजिता शर्मा

पोखरा। गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ५८ कर्मचारीको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका सिडिओसहित ५८ कर्मचारीको सरुवा गरेका हुन्।
सरुवा हुने कर्मचारीहरूमा सहसचिव र उपसचिव छन्। अजिता शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ। दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।
त्यसैगरी जुम्लामा दिपक पौडेल र डोटीमा कल्पना घिमिरे नेपाललाई सिडिओ बनाएर पठाइएको छ।
दीपक पौडेल स्याङ्जा र गंगाबहादुर क्षेत्री पर्वतमा सहायक प्रजिअ थिए । मुस्ताङका प्रजिअ विष्णु भुसालको गृह मन्त्रालयमा सरुवा भएको छ ।
यसैगरी कास्कीका सहायक प्रजिअ कुलशेखर अर्याल पनि मन्त्रालय फर्केका छन् । उनको ठाउँमा चितांगद सिग्देल आएका छन् । प्रदेशको भौतिक मन्त्रालयमा कार्यरत उपसचिव प्रेम सुवेदीले स्याङ्जाको सहायक प्रजिअको जिम्मेवारी पाएका छन् ।







७ जिल्लाका सिडिओ फेरिए, मुस्ताङमा अजिता शर्मा
वडाध्यक्षको पहल र क्लब अध्यक्षको सक्रियताले लालीगुराँस एशोसिएसन राष्ट्रिय लिगमा
कास्कीमा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी तीव्र, प्रहरीको सहयोगका लागि अपिल
‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया