माउन्ट अन्नपूर्ण माविमा खेल

पोखरा ।
पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा खेल सप्ताह अन्तर्गत रहेर बिभिन्न खेलकुदका कार्यक्रम बुधबारबाट सुरु भएका छन् । कात्तिक २९ गतेसम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह २०८२ अन्तर्गत तीन दिने खेल सप्ताह सुरु भएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए ।
खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने छन् । विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानांग, प्राचार्य श्रेष्ठ, प्रशासनिक प्रमुख चित्र गुरुङ र अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङले संयुक्त रूपमा झन्डोत्तलन तथा बेलुनमा ब्यानर उडाएर उद्घाटन गरेका हुन् ।
अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा माउन्ट अन्नपूर्ण स्थापित भइसकेको बताए । उनले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे । खेलका नियम तथा खेल पोर्टकलको बारेमा सिए कोर्डिनेटर उमेश खनालले जानकारी गराएका थिए ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन इलाइट एकेडेमीमा छात्रछात्रा भलिबल र छेलो प्रतियोगिता भएका छन् । छात्र, छात्रा बास्केटबलसँग बिभिन्न प्रतियोगिताका खेल भएको खेल सप्ताहका कोअर्डिनेटर माधव भण्डारीले बताए । बिहीबार पोखरा रंगशालामा ह्यान्डबल, रेस, लङजम्प जस्ता खेल हुने उल्लेख गरे ।







माउन्ट अन्नपूर्ण माविमा खेल
मतदाता नामावलीमा जेनजीको उत्साह
कांग्रेसमा महाधिवेशन विवाद : संस्थापनको प्रदेशैपिच्छे भेला
सम्पादकीय—स्रोत खोज्ने कि करदाताको ढाड सेक्ने ?
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया