सामुदायिक प्रहरीको बटुकलाई न्यानो कपडा सहयोग

समाधान संवाददाता २०८२ कार्तिक २७ गते १६:१८

पोखरा ।
जाडो महिनालाई लक्षित गरी सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले पोखरा १८ स्थित चिसाखोलामा वेदविद्याश्रमका विद्यार्थी (बटुक)लाई न्यानो कपडा वितरण गरेको छ ।


संस्थाको २५ औं वार्षिकोत्सव (रजत वर्ष)को सन्दर्भ पारेर विद्याश्रमका ४५ जना बटुकलाई न्यानो कपडा प्रदान गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले सामुदायिक प्रहरीको मुल काम समुदाय स्तरमा विकृति, विसंगति न्यूनीकरण गर्ने भएता पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर लगायत सामाजिक तथा मानवीय सेवाको क्षेत्रलाई समेत ध्यान दिएको बताए ।


सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कुमारीमुना बास्तोलाले सनातन हिन्दु धर्मको संरक्षण योगदान पु¥याएको विद्याश्रमलाई यो वर्ष सहयोग गरेको बताइन् । विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिनाले सबै क्षेत्रको सहयोगमा बटुकहरुलाई आवासीय सुविधासहित आवश्यक शिक्षाको व्यवस्था गरेको जानकारी दिए । संस्थाले वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान, दिप प्रज्वलन कार्यक्रम गरेको छ ।

Advertisement


कार्यक्रममा सेवा केन्द्रका निवर्तमान अध्यक्ष अध्यक्ष कमलबहादुर श्रेष्ठ, उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल, कोषाध्यक्ष केशवप्रसाद ढकाल लगायतले सामुदायिक सेवाको गतिविधिबारे बोलेका थिए ।


२०५७ साल कात्तिक २७ गते स्थापना भएको सामुदायिक सेवा केन्द्रले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक छात्रवृत्ति, सामुदायिक वर्ष पुरस्कार तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर अपराध रोकथाम तथा नियन्त्रणको लागि समुदाय स्तरमा सचेतनामूलक गतिविधि गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया