गण्डकीमा मुख्यमन्त्री र गठबन्धन फेर्न कांग्रेसभित्रै माग

पोखरा ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहसँगै सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । संसदै नभएकी प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन नै भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने दिशामा अहिलेको सरकार क्रियाशील छन् ।
सुशिला कार्की नेतृत्वको चुनावी सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको छ । दलहरू चुनावसँगै अहिले महाधिवेशन केन्द्रित भएका छन् । यद्यपि आन्दोलन भएको दुई महिना बितिसक्दा पनि देश भदौ २४ गतेको विध्वंशबाट उठ्न सकेको छैन । विशेषगरी विद्रोहको सबैभन्दा बढी प्रहार खेपेको प्रदेश संरचना अझै पनि तंग्रिन सकेकै छैन ।
यसबिचमा प्रदेश सरकारले आधारभूत सेवा, सुविधा दिन थाले पनि कार्यालयहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । गण्डकी प्रदेशमा मात्रै ४८ वटा कार्यालय जलेका छन् । अधिकांश कार्यालय पुनःनिर्माण गर्न नसकिने अवस्थामा पुगेका छन् । यसैबिच गण्डकी प्रदेश सरकारले मन्त्रालयकै सभाहलमा प्रदेश सभा बैठक चलायो ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले गण्डकी विश्वविद्यालय संशोधन ऐन २०७६ को पहिलो संशोधन पारित ग¥यो । आन्दोलनपछि जुर्मुराउन थालेको गण्डकीमा अहिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राजीनामा माग भएको छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलको कात्तिक २७ गते बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठेको हो ।
मुख्यमन्त्री पाण्डेसँग संसदीइ दलको नेतामा प्रतिस्पर्धा गरेका सांसद भोजराज अर्यालले नैतिकताका आधारमा राजीनामा माग गरेका हुन् । ‘यो आन्दोलनमा यत्रो क्षति भयो । यसको नैतिक जिम्मेवारी कसले लिने ? त्यस कारण नैतिकताको खोजी गरेको हो,’ अर्यालले भने, ‘मुलुक जटिल अवस्थामा छ । नैतिक जिम्मेवारी लिनुपर्छ भनेको हुँ ।’
अर्यालले आफूले उठाएका मागहरू यी आधिकारिक बैठकमै राखेको सुनाए । कांग्रेस दलको बैठकमा मुख्यमन्त्री पाण्डेको राजीनामामात्रै होइन, सरकारको गठबन्धन नै परिवर्तनको मागसमेत उठेको थियो । जेनजी आन्दोलनका बेला संघीय सरकारको नेतृत्व गरेको एमालेसँग थप समन्वय गर्न नहुने अर्यालको तर्क थियो ।
यो आन्दोलनमा यत्रो क्षति भयो । मुलुक जटिल अवस्थामा छ । नैतिक जिम्मेवारी लिनुपर्छ भनेकाे हुँ ।
भोजराज अर्याल, प्रदेश सभा सदस्य
‘आन्दोलनमा एमालेले गरेको बदमासीको भारी कांग्रेसले बोक्नु हुँदैन भनेर भनेको हुँ,’ अर्यालले थपे । उनका अनुसार कतिपय सांसदले पनि यही मत व्यक्त गरेका थिए । संसदीय दलको बैठकमा कांग्रेस सांसदले अहिलेको गठबन्धन छाडेर नयाँ समीकरण बनाउनुपर्ने माग तीव्र रूपमा उठाएका छन् । कतिपय सांसदले मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएको दाबी गर्दै फिर्ता बोलाउनुपर्ने धारणासमेत राखे ।
‘आन्दोलनको मर्म बुझेर काम गर्ने मन्त्री नै भएनन् । पर्फमेन्स दिने सांसदलाई मन्त्री बनाएर पठाऔँ भन्ने आवाज उठेको हो,’ परिचय नखुलाउने शर्तमा एक कांग्रेस सांसदले समाधानसँग भने । यता, कांग्रेस संसदीय दलको बैठकले सरकारले प्रभावकारी काम गर्नुपर्ने निर्देशन दिएको छ । प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार बैठकले कांग्रेस पार्टी कार्यालय बनाउन प्रत्येक सांसदले एक महिनाको तलब दिने र सरकारलाई प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।
अहिले गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री पाण्डेसहित ४ जना मन्त्री छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका सारथिमा कांगेसबाट सामाजिक विकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ र वन मन्त्री भेषबहादुर पौडेल छन् । कांग्रेसकै कोटामा मन्त्री बनेका नेसपा(नयाँ शक्ति)का फणीन्द्र देवकोटाले भदौ २४ गतेको आन्दोलनका दिन राजीनामा दिएका थिए । त्यस यता ऊर्जा मन्त्रालय भने रिक्त छ ।
कांगेस बैठकमा रिक्त मन्त्रालयमा नियुक्ति तथा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्नेबारे समेत छलफल भएको छ । ६० सदस्यीय प्रदेशसभा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को पद अदालतको आदेशअनुसार गएपछि रिक्त छ । ५९ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन् । सरकार बनाउन बहुमतका लागि कांग्रेसलाई थप ३ सांसदको समर्थन भए पुग्छ ।
एमालेसँग सत्ता गठबन्धनमा रहेको कांग्रेससँग अहिले एमालेबाहेक नै बहुमत छ । २ सांसद रहेको राप्रपाले समर्थन फिर्ता लिएको छैन भने नेसपा सांसद देवकोटाको पनि समर्थन यथावत छ । मधेश प्रदेशभा कांग्रेस, एमालेको सहकार्य टुट्दा र संघमा एमाले–कांग्रेसको सहकार्य अन्त्य हुँदा त्यसको असर गण्डकीमा पनि महसुस गरिएको छ । यद्यपि यो विषय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्णयबिना टुंगो नलाग्ने देखिन्छ ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया