उपल्लो मुस्ताङमा विदेशीलाई रोयल्टी शुल्क घट्यो

पोखरा । सरकारले उपल्लो मुस्ताङको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर घटाएको छ । अब उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकले प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर मात्र शुल्क तिरे पुग्ने भएको छ । यसअघि १० दिनको लागि ५ सय डलर र त्यसपछि दैनिक ५० डलर लाग्ने गरेकोमा यो नयाँ निर्णयले स्थानीयको लामो समयदेखिको माग सम्बोधन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गरी यो निर्णय गरेको हो । यस निर्णयले उपल्लो मुस्ताङको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि स्थानीय बासिन्दा र पर्यटन व्यवसायीले उपल्लो मुस्ताङको चर्को रोयल्टी शुल्कको विरोध गर्दै आएका थिए । मुस्ताङमा वार्षिक सवा लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए पनि निषेधित क्षेत्रका कारण लाग्ने अत्यधिक शुल्कले उपल्लो मुस्ताङमा पर्यटकको संख्या अत्यन्त न्यून थियो । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको तथ्यांक अनुसार, मुस्ताङ भित्रिएका कुल पर्यटकको करिब ३ प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका थिए ।
२ दिन मात्र उपल्लो मुस्ताङ घुम्न चाहने पर्यटकले पनि ५ सय डलर तिर्नुपर्ने बाध्यताले गर्दा धेरै पर्यटकहरू त्यस क्षेत्रमा पुग्न हिचकिचाउने गरेका थिए । यो निर्णयले छोटो अवधिका लागि घुम्न जाने पर्यटकलाई समेत सहज हुने भएको छ ।
उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन र पर्यटन शुल्क घटाउन विभिन्न समयमा प्रयासहरू भएका थिए । स्थानीय प्रतिनिधिहरू र पर्यटन व्यवसायीहरूले सरकारलाई निरन्तर दबाब दिँदै आएका थिए । उत्तरी नाका कोरला खुला भएसँगै यस क्षेत्रको महत्त्व अझ बढेको छ । अब कोरला नाका भएर आउने विदेशी पर्यटकले पनि ५० डलर मात्र तिरे पुग्ने हुँदा चीनतर्फबाट आउने पर्यटकका लागि समेत यो क्षेत्र थप आकर्षक बन्ने देखिन्छ ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया