पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा : प्रधानमन्त्री कार्कीद्वारा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा जोड

पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री कार्कीले प्रतिष्ठानलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न र गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति डा. सुधा गौतमको समेत उपस्थिति रहेको बैठकमा प्रधानमन्त्री र मन्त्रीले प्रतिष्ठानले छोटो समयमा हासिल गरेका उपलब्धिहरुको प्रशंसा गरे । उनीहरुले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन पदाधिकारीलाई निर्देशनसमेत दिएका छन् ।
सभामा प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरतबहादुर खत्रीले प्रतिष्ठानको समग्र कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उपकुलपति खत्रीले प्रस्तुत गरेको प्रतिवेदन, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि सभाका सदस्यहरुबीच छलफल भई आवश्यक निर्णय गरिएको छ । प्रतिष्ठानका डीन सहप्राध्यापक डा. डेभिड श्रेष्ठले सञ्चालन गरेको बैठकमा प्रतिष्ठानको शैक्षिक तथा भौतिक सुधारका विविध पक्षमा छलफल भएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी बनाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गण्डकी प्रदेशमा चिकित्सा शिक्षातर्फ महत्त्वपूर्ण फड्को मारेको छ । प्रतिष्ठानले २०७६ सालबाटै स्नातकोत्तर तह (एमडी/एमएस) को शैक्षिक कार्यक्रम सुरु गरेको थियो । पछि एमबिबिएस अध्यापन सुरु गरेको प्रतिष्ठानले बिएनएस, बिएससी नर्सिङ लगायतका शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।









पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया