कालिका माविलाई सहयोग

पोखरा ।
पोखरा ३३ आँपुभन्ज्याङ स्थित कालिका माध्यमिक विद्यालयमा प्रतिभा प्रस्फुटन प्रतियोगिता भएको छ । विद्यार्थीहरूले गीत, कविता, अभिनय जस्ता प्रतिभा प्रस्तुत गरेका प्रतियोगिताका विजेताका लागि २०७५ मा एसइई पास गरेका पूर्व विद्यार्थीले पुरस्कारको व्यवस्थापन गरेका थिए ।
प्रतियोगितामा माध्यमिक तहतर्फ सागर खत्री, सफला सुनार र मन्जिता गुरुङ, आधारभूत तहतर्फ वर्षा सुनार, शिवानी गुरुङ र सुवासना श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यस्तै, आधारभूत तह (कक्षा १–३) तर्फ आशिका गुरुङ, आयुषा सुनारी मगर र प्रतीक सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय बने ।
सोही अवसरमा भएको खुला चित्रकला प्रतियोगितामा माध्यमिक तहमा रवि खत्री र सन्ध्या परियार, आधारभूत तह (६–८) मा मौसमी राजबाहक, करिस्मा केसी, आइतीमाया तामाङ, ओम तामाङ, मेग्ना राजबाहक र अलिमा ओली उत्कृष्ट भएका थिए । कक्ष ८ का रक्षक श्रेष्ठ, कक्षा २ की उषा घले र बालविकासका सिमियुन तामाङले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताका निर्णायकमा आधारभूत तह इन्चार्ज शिवप्रसाद पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक लक्ष्मी गिरी र पूर्व विद्यार्थी भुवन थापा निर्णायक थिए ।
विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष डिबी विश्वकर्मा, विद्यालय व्यवस्थाप समितिका सदस्यद्वय खिमबहादुर खत्री र कृष्णकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयलाई पूर्वविद्यार्थीकाे सहयोग
कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् । सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् ।
विद्यार्थीहरूले शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा पूर्व विद्यार्थी सुशीलले आफूहरूले विद्यालयप्रतिको कर्तव्यबोधका कारण सकेको सहयोग गरेको बताए । उनले आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्य स्मरण गराउनका लागि पनि यो कार्यक्रम गरेको बताउँदै समग्र विद्यालय परिवारलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम लिएर विद्यालय आउने प्रतिबद्धता जनाए ।
सामग्री खरिद गर्नका लागि देशभित्र र बाहिर रहेका पूर्व विद्यार्थीहरू सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबोध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाईँ, सुशील विक, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाको सहयोग छ ।
सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर थापाले विद्यालयलाई पूर्वविद्यार्थीले गरेको सहयोगप्रति धन्यवाद दिँदै अन्य विद्यार्थीलाई पनिसकेको सहयोग गर्न आग्रह गरे ।
शिक्षक अभिभावक संघका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयले क्रमशः राम्रा काम गर्दै गएको बताउँदै पूर्वविद्यार्थीहरूले पनि विद्यालयको हितमा काम गर्नका लागि जोडिनु सुखद भएको बताए ।








पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
गण्डकी विश्वविद्यालयमा संघीयतामाथि अन्तर्क्रिया
उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया