रेडक्रसको आधारभुत प्रथामिक उपचार तालिम सुरु

लेखनाथ ।
नेपाल रेडक्रस सोसाईटी कास्कीकाे आयाेजनामा चार दिने आधारभुत प्रथामिक उपचार तालिम सुरु भएकाे छ।
पोखरा महानगरपालिका वडा नम्वर १० देखि १५ सम्म र २६ देखि ३३ सम्मका उपशाखा, मादी र रुपा गाउँपालिकाका उपशाखाका प्रतिनिधीहरुलाई विपद् तथा दुर्घटनाका समयमा अपनाउनुपर्ने उपचारका विधी र तरिकाका बारेमा तालिम प्रदान गर्न लागिएकाे हाे ।
मंसिर २० गतेसम्म चल्ने तालिमको बुधवार सुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाकी सभापति उर्मिला खड्काले आपत विपद् थाह दिएर नआउने भएकाले त्यसका लागि पूर्व तयारी अपनाउनु पर्ने बताइन् ।
प्रत्येक उपशाखामा आधारभुत प्रथामिक उपचारका विषयमा जानकार जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरिएकाे उनकाे भनाइ छ ।
कास्की शाखाका उपसभापति रमा न्यौपानेले विपदका समयमा हुनसक्ने सम्भावीत घटनालाई मध्यनजर गरेर आधारभुत प्राथमिक उपचारका बारेमा जानकारी पुर्याउन सकेमा कम क्षेती हुने बताइन् ।
पोखरा महानगरपालिका वडा नं २७ का वडासदस्य सूर्यबहादुर वाग्लेले कोही पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर वडाले पनि विपद ब्यवस्थापन समिति गठन गरि बजेटको ब्यवस्थापन गरेको बताए ।
लेखनाथ उपशाखाका सभापति बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रक्षा भटराईले धन्यवाद सहित कार्यक्रमको उद्देश्य र उपयोगिताका बारेका जानकारी गराएकी थिइन् । उपशाखाका सचिव प्रभा पौडेलले कार्यक्रम संञ्चालन र सदस्य विष्णुकुमारी लामिछानेले सात सिद्धान्त पाठ वाचन गरेकी थिइन् ।
तालिममा नवराज भण्डारी, राजेश घिमिरे, मोहनशिंह खड्का र लिला देवकोटाले प्रशिक्षण दिनेछन् ।









हेमजा साहित्य महोत्सवमा कवि मुकुन्दशरण उपाध्यायको रथारोहण
फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्योलमा
‘कृषकलाई मौसमले ठग्दो रहेछ’
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया