निर्वाचन आयोगको प्रतिवेदन पेस

समाधान संवाददाता २०८२ मंसिर २५ गते १७:०६

पोखरा ।
निर्वाचन आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । आयोगका प्रदेश निर्वाचन कार्यालय, गण्डकीका निर्वाचन अधिकारी नारायण ढकालले बिहीबार प्रदेश प्रमुख भट्टलाई आयोगको १९ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।


नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पेस भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे ।


प्रदेश निर्वाचन अधिकारी ढकालले फागुन २१ गते तोकिएको निर्वाचनको तयारीमा आयोग लागिपरेको बताए । निर्वाचन कार्यक्रम प्रकाशन गरी अहिले मतदाता नामावली अद्यावधिक काम भइरहेको बताउँदै उनले आयोग एकै चरणमा निर्वाचन गर्न तयार रहेको उल्लेख गरे ।

Advertisement


ढकालले गण्डकीमा मतदाता संख्या १६ लाख ६२ हजार २ सय ४६ रहेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया