जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे

पोखरा
कास्की जिल्लाका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा चोरी तथा डकैतीका घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘जेनजी आन्दोलन’को फाइदा उठाउँदै कारागारबाट फरार भएका प्रतिवादी समेत छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पोखरा महानगरपालिका वडा नम्बर ९ रामघाटबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा प्यूठान घर भई हाल पोखरा–३ नदीपुर बस्ने २४ वर्षीय सुमित थापा मगर र धादिङ घर भई सोही स्थानमा बस्ने २७ वर्षीय सुजन परियार छन् । उनीहरूलाई मंसिर ११ गते पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये सुमित थापा मगर यसअघि अभद्र व्यवहार, चोरी उद्योग र केही सार्वजनिक अपराधसमेत गरी ८ पटकसम्म पक्राउ परी कारागार परेका व्यक्ति हुन् । उनी २०८२ भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट फरार भई पुनः चोरी कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । अर्का आरोपी सुजन परियार पनि यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।
प्रहरी अनुसन्धानबाट खुलेको विवरण अनुसार उनीहरूले पोखराका विभिन्न ४ ठाउँमा चोरी गरेको पाइएको छ । सुमित थापा मगरले गत असोज २७ गते बिहान पोखरा–१३ विपीमार्गस्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउन्टर फोडेर ४१ हजार रुपैयाँ नगद चोरी गरेका थिए । उनले त्यहाँबाट राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र (लाइसेन्स), बिलबुक र नागरिकता भएको झोलासमेत चोरेका थिए । यस्तै मंसिर ६ गते दिउँसो पोखरा–१७ ड्यामसाइडस्थित आरुस स्टोर्सको ढोका फोडेर सुमितले २ लाख ७३ हजार ५ सय रुपैयाँ नगद चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरीका अन्य दुई घटनामा भने दुवै जनाको संलग्नता देखिएको छ । उनीहरूले मंसिर ४ गते राति पोखरा–४ आदर्शमार्गको सडक छेउमा पार्किङ गरेको ग १५ प १०२० नम्बरको पहेंलो र कालो रङको होन्डा कम्पनीको डियो स्कुटर चोरी गरेका थिए । त्यसैगरी मंसिर १० गते दिउँसो पोखरा–८ न्युरोडस्थित एसबी वाइन सप अगाडि पार्किङ गरिएको ग १ क २५९८ नम्बरको गाडीबाट ३५ हजार रुपैयाँ नगद र कागजात भएको झोला चोरी गरेको आरोप उनीहरूमाथि छ । गाडीबाट उनीहरूले लाइसेन्स, बिलबुक, एटिएम कार्ड र विभिन्न चेकहरू चोरी गरेको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले बताए । प्रहरीले जिल्लामा चोरीका घटना बढेपछि अनुसन्धान र खोजतलासलाई तीव्रता दिएको थियो ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया