जनप्रिय अध्यक्षमा २ उम्मेदवार

समाधान संवाददाता २०८२ मंसिर २५ गते २०:३२

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षका लागि विष्णुप्रसाद बराल र राजेन्द्र पहारीको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक अधिवक्ता बोधराज बरालका अनुसार बराल र पहारीबिच मतदान हुने भएको हो ।


अध्यक्षमा उम्मेदवारी दिएका वीरबहादुर अधिकारीले नाम फिर्ता लिएको संयोजक बरालले बताए । अधिकारीले नाम फिर्ता लिएपछि आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा बराल र पहारीबिच प्रतिस्पर्धा हुने भएकाे हाे । सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । सदस्यमा पनि शारदा गिरीले नाम फिर्ता लिएकी छन् । सदस्यमा हेमबहादुर थापा (पराजुली), लक्ष्मीप्रसाद पौडेल, तिलकराम पौडेल, गणेशबहादुर अधिकारी, नम्रता बराल, गिरीराज चालिसे, महेन्द्र बस्नेत, कमलादेवी गिरी, ईन्द्रप्रसाद पौडेल, ई. शारदामोहन काफ्ले, बलराम बराल, राधिका रेग्मी सिग्देल, विश्वकुमार बिजुक्छे र पदमबन्धु पोखरेल मैदानमा छन् ।


शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ । ‘नामावली फिर्ताका कारण समय हेरफेर गरिएको छ,’ उनले भने, ‘पहिले बिहान ८ देखि दिउँसो ३ बजेसम्म तोकिएको थियो । नामावली फिर्तामा समय धेरै लागेकाले हेरफेर भएको हो,’ अधिवक्ता बरालले भने । निर्वाचनमा ५ सय १६ जनाले मतदान गर्न पाउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया