एनपिएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, विजेताले १ करोड १० लाख पाउने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज (शनिबार) हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे हुने उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनल पुगेको हो । गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने दाउमा छ । टोलीले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
अर्कोतर्फ, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स पहिलो पटक फाइनल पुगेको हो । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक उत्कृष्ट पुनरागमन गरेको छ । लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
लिग चरणको खेलमा भने सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो । गत मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया