म्याग्दीको राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनी नगरपालिकालाई

म्याग्दी । बेनीमा सम्पन्न ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा २५ स्वर्ण, १४ रजत र ६ कास्य पदक जित्दै बेनी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका दोस्रो भएको छ । उसले ८ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्यो । गत वर्षको विजेता रघुगंगा गाउँपालिका भने यसपटक तेस्रो स्थानमा सीमित भयो । रघुगंगाले ६ स्वर्ण, १२ रजत र १० कास्य पदक जितेको समितिका सचिव नगेन्द्र मल्लले जानकारी दिए ।
उपाधि विजेता बेनीले रनिङ शिल्ड, ट्रफी र मेडलसहित २० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । त्यस्तै, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने पालिकाले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । विधागत रूपमा प्रथम हुने पालिका र उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।
प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिताका लागि ९८ जना खेलाडी छनोट भएका छन् । दुई दिनसम्म चलेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो विधाका ४२ खेलमा जिल्लाका ६ वटा स्थानीय तहका ४ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगरे पनि समितिले आफैँ स्रोत जुटाएर प्रतियोगिता सञ्चालन गरेको अध्यक्ष सुमन श्रेष्ठले बताए । विजयी खेलाडी र पालिकालाई पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, बेनी नगर प्रमुख सुरत केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया