१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्ले १६औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता आगामी माघ महिनाभित्र सम्पन्न गर्ने तयारी परिषद्को छ ।
परिषद्का सदस्यसचिव श्रीधर शर्माले अहिले पालिका र जिल्लास्तरमा छनोट प्रतियोगिता भइरहेको जानकारी दिए । उनले भने, ‘प्रदेशस्तरीय प्रतियोगिता बागलुङमा गर्ने निर्णय भइसकेको छ, तर मिति भने तय हुन बाँकी छ ।’ यसअघि १५औँ संस्करण गोरखामा भएको थियो ।
पछिल्लो समय प्रदेशस्तरीय प्रतियोगितालाई विकेन्द्रित गर्दै आलोपालो प्रणालीमा विभिन्न जिल्लामा आयोजना गर्ने गरिएको शर्माले बताए । खेलकुद गतिविधि र बजेटलाई जिल्ला तहसम्म पुर्याउने उद्देश्यले यस्तो नीति लिइएको उनको भनाइ छ ।
सदस्यसचिव शर्माले समयमै पालिकास्तरीय प्रतियोगिता नगर्ने स्थानीय तहलाई ध्यानाकर्षण गराइएको समेत बताए । तल्लो तहबाट छनोट भएर आएका खेलाडीले मात्र माथिल्लो तहमा प्रतिस्पर्धा गर्न पाउनेछन् । पालिकाबाट जिल्ला र जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् । त्यस्तै, प्रदेशबाट उत्कृष्ट ठहरिएका खेलाडीले केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा गण्डकीको प्रतिनिधित्व गर्नेछन् ।
परिषद्ले खेलाडी कल्याणकारी कोषमार्फत खेलाडीको वृत्तिविकास र सेवासुविधामा लगानी बढाएको दाबी गरेको छ ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया