राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ७ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्न लागेको हो ।
बैंकले उपदान तथा पेन्सन कोषको ६ अर्ब ६० करोड रुपैयाँ लिन चाहने बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्तावसहित मंसिर २९ गतेभित्र आवेदन दिन आह्वान गरेको छ । यो रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैंकमा ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ लगानी गरिने सूचनामा उल्लेख छ ।
यसैगरी, कर्मचारी सुरक्षण कोषको १ अर्ब रुपैयाँका लागि भने आज (मंसिर २७ गते) सम्म आवेदन दिन भनिएको छ । यसअन्तर्गत वाणिज्य बैंकमा ८० करोड, विकास बैंकमा १५ करोड र वित्त कम्पनीमा ५ करोड रुपैयाँ लगानी गर्ने योजना छ ।
लगानीका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने राष्ट्र बैंकको सर्त छ । त्यस्तै, तोकिएको न्यूनतम कुल पुँजी कोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया