एनसेलमा अनलिमिटेड डेटा सापटी

पोखरा । एनसेलका ग्राहकले अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधा विस्तार गर्दै एनसेलले ग्राहकलाई अब ब्यालेन्स नभएका बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।
सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ भन्दा कम भएका प्रिपेड ग्राहकले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । यो सुविधा पुस १ गतेबाट सुरु भएको हो ।
यो अनलिमिटेड डेटाको शुल्क करसहित ५० रुपैयाँ छ । यो डेटा सापटी लिन ग्राहकले ८९९८८८४३ डायल गर्नुपर्छ । सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ ।
कर सहितको सेवा शुल्क २.४८ र १ दिने अनलिमिटेड डेटाको ५० गरी ब्यालेन्स रिचार्ज गर्दा ५२.४८ काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तीमा ३० दिन भएका ग्राहकले यो सेवा लिन सक्छन् । एनसेलले यो अनलिमिटेड डेटाबाहेक ४० ब्यालेन्स सापटी, ३ दिने १ जिबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया