टाइगर कप भलिबलमा आज पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आज पहिलो क्वालिफायर र एलिमिनेटरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको सातौं दिन भोलि पुरुष र महिलातर्फ पहिलो क्वालिफायर र पुरुषतर्फ एलिमिनेटरको खेल हुने तालिका छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको हुनेछ । महिलातर्फ पहिलो क्वालिफायरमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल एपिएफबिच प्रतिष्पर्धा हुनेछ । एपिएफ अपराजित टोली हो भने आयोजक टोली एपिएफसँग पराजित भएको थियो । यो खेलमा विजेता हुने टोली फाइनल पुग्नेछ भने पराजित हुने टोलीले एलिमिनेटर विजेता टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
दोस्रो खेल पुरुषतर्फको पहिलो क्वालिफायरको खेल हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।
आर्मी समूह चरण शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका थिए ।
आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । दिउँसो १ बजे सुरु हुने एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले पुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया