एकदिवसीय क्रिकेटः कास्की १० विकेटले विजयी

पोखरा ।
कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जित्दै व्याटिङ गर्दै पर्वतले २५.२ ओभरमा सवै विकेट गुमाउँदै केवल ७१ रन मात्रै बनायो ।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्रतीय प्रतिस्पर्धामा पर्वत पुरा ओभर टिक्न सकेन् । ओपनर सन्देश खड्का र सुशान चापागाँईले शुरुवात राम्रो गर्न सकेनन् । खड्का केवल ९ रनमा आउट भए । उनी विपिन खत्रीको बलमा अभिषेक थापाबाट क्याच भए ।
चापागाँईपनि व्यक्तिगत १४ रनमा एलबीडब्लुको धरापमा परे । उनी सुवास भण्डारीको बलमा आउट भएपछि पर्वतको ओपनिङ जोडी सस्तैमा आउट भयो । सरोजबहादुर कार्की पनि ७ रनमै पभेलियन फर्किए । अनुभवी अमृत गुरुङ पनि २ रनमै आउट भएपछि पर्वतले सामान्य योगफल मै समेटिन पुग्यो ।
कास्कीका बलर नितेश गिरीले ४ विकेट लिए । सुवास भण्डारीले ५ ओभरको स्पेलमा १ मेडन राख्दै ३ विकेट लिन १२ रन खर्चिए । कृष्ण पौडेलले ८ ओभरमा ४ मेडन राख्दै १७ रन दिएर २ विकेट आफनो नाममा लेखाए ।
७२ रनको सामान्य लक्ष्य पछ्याएको कास्कीले विना विकेटको क्षतिमा केवल ९.५ ओभरमा पुरा गर्यो । ओपनर मुस्कान थापा र कृष्ण पौडेलले जित निकाले । पौडेलले अर्धशतक पुरा गरे भने थापाले २१ रनमा अविजित रहे ।पौडेलले ३८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे । थापाले पनि २१ बल खेल्ने क्रममा ३ चौका प्रहार गरेका थिए । खेलमा नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया