वडा नम्बर ७ बिलाई उपाधि

पोखरा ।
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल पोखरा वडा नम्बर ७ बी’ले क्युपेक कास्की कप २०८१ तेस्रो सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको मालेपाटन चौरको बाराही खेल मैदानमा सञ्चालन गरेको प्रतियोगितामा क्युपेक जिल्ला कमिटी कास्कीलाई ट्राइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गरी वडा नम्बर ७ ले उपाधि जितेको हो ।
क्युपेक जिल्ला कमिटी कास्कीले आयोजना गरेका प्रतियोगितामा विभिन्न क्षेत्रका ६ टिमले प्रतिस्पर्धा गरेको क्युपेक नेपाल कास्की अध्यक्ष तीर्थराज मगरले जानकारी दिए । उनले प्रतियोगिताको उपाधि विजेतालाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई १० हजार नगदसहित ट्रफी मेडल प्रमाणपत्र प्रदान गरिएको बताए ।
‘खेल खेलौं, स्वस्थ बनौं, श्रमिक श्रमिकबीच सम्बन्ध कायम गरौं’ भन्ने नाराका साथ प्रतियोगिता भएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । उनले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले समय निकालेर खेलमा सहभागी भएको बताए ।
क्युपेकले सदस्यको हकहितका अलवा खेलकुद लगायतका सिर्जनात्मक र रचनात्मक गतिविधि गरेर सबै श्रमिकलाई समेटेको जानकारी दिँदै उनले श्रमिकका लागि काम, आराम र मनोरञ्जन आवश्यक पर्ने चर्चा गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णुबहादुर केसीले युनियनको माध्यमबाट खेलकुदका गतिविधि गरेर क्युपेकलाई जनस्तरमा चिनाउने काम भएको बताए ।
कार्यक्रममा पूर्वाञ्चल सेवा समाज पोखराका अध्यक्ष बालकुमार लुईटेल, क्युपेक नेपाल केन्द्रीय सचिव पुण्यप्रसाद उप्रेती, केन्द्रीय सदस्यहरु हरिभक्त श्रेष्ठ, पार्वती तामाङ, क्युपेक कास्की उपाध्यक्ष जीवन लामा, सचिव विशाल चौधरी, कार्यसमितिका सदस्य राजकुमार तिमिल्सिना लगायतले प्रतियोगिताका बारेमा बोलेका थिए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया