स्वर्ग जाने बाटो सजिलाे बनाउन ‘ध्योक्योप’ नाच

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १५:३०

एसके थकाली, जाेमसाेम

मुस्ताङको थाक सातसय क्षेत्रका बिभिन्न गुम्बामा बुद्धिस धर्म संस्कृतिको परम्परागत धार्मिक लाखे नाच (ध्योक्योप) देखाउन चलन छ । यो चलन बर्ष पुरानो मानिएको छ । मुस्ताङको ठिनी ,स्याङ र मार्फामा अगल अलग ध्योक्योप देवी नाच देखाईएको भने थासाङको टुकुचेमा ध्योक्योप देखाउन बाँकी नै छ ।

ठिनी र मार्फामा तिहारको भाईटिकाको अघिल्लो दिन ध्योक्योप देखाईएको छ भने स्याङ गुम्बामा कार्तिक ५ गते ध्योक्योप संम्पन्न भएको छ । तर थासाङ गाउपालिकाको टुकुचेमा ध्योक्योपको तैयारी चलिरहेको छ । मरेपछि स्वर्गको बाटो सहज हुने धार्मिक मान्यता अनुसार गुम्बाका लामाहरुबाट ध्योक्योप लाखे नाच देखाउने परम्परा रहेको लामा राम थकालीले जानकारी दिए । यसप्रकार ध्योक्योप नाच देखाउने तिथि तिब्बतीयन मात्र अनुसार लामाहरुबाटै तय गरिन्छ । यसपटक भने मार्फा र ठिनीको २ गुम्बामा अलग अलग एकै साथ ध्योक्योप संम्पन्न भएको छ ।

Advertisement

संसारिक दुनियाँमा जन्मसंगै मृत्यु सास्वत सत्य हो । मृत्युपछि स्वर्ग र नर्क पुग्ने अझै समाजमा जनबिश्वास रहिआएको छ । बुद्धिस धर्मग्रन्थ अनुसार मरेपछि उन्मुक्तिको बाटो पहिल्याउन देवी देवताको नाटकीय देवी नाच ध्योक्योप हेर्नै पर्छ । जिवितै अवस्थामा देवी देवताको यसप्रकार नाटक हेरेपछि स्वर्गको बाटो सहज हुने लामा थकालीले बताए । ३ दिन लगातारको पुजापछि पनि ध्योक्योप देखाउदा एकातिर लामाहरु पुजापाठ हुन्छ भने अर्कोतर्फ ध्योक्योप नाच देखाउने गर्छन । गुम्बा भित्रबाट नाच देखाउन लामाहरु बाहिर निस्कदा कन्याहरुबाट क्याल्साङ गर्ने चलन छ । थकालीका अनुसार टुकुचे ,स्याङ र ठिनीमा २१ वटा टाउको भएको कके ध्योक्योप र मार्फामा धोर्जे पूर्वका बज्रकिलिया नामक ध्योक्योप देखाईन्छ । ध्योक्योप हेर्नाले मानिसको आत्मा भित्रको देवी देवताहरुले बास गर्ने धार्मिक मान्यता रहेको लामा थकालीले खुलाए ।

विभिन्न कुल देवी देवताहरुको ३ दिन सम्म लामाहरुबाट लगातार पुजापाठ गरेपछि मात्र ध्योक्योप देवी नाच देखाउन मिल्छ । पुजापाठ गर्दा जिल्लाका लामाहरुले सामुहिक गरेपछि ध्योक्योप देखाउन सकिने भएकाले यसप्रकारको कार्यक्रम बढी खर्चिलो हुने गरेको अर्का लामा सनप्रसाद थकालीले बताए । ठिनीको कुछ्प तेरङ्गा गुम्बा १३ प्रकारको देवी नाच देखाइएको थियो । विभिन्न देवी देवता र राक्षसका मुकुट र भेषभुषा पहिरीएर ध्योक्योप देखाईएको उनले जानकारी दिए । उनका अनुसार ध्योक्योपमा आशिष झिन्दा,झेना ताम्टिङ ,गुरु पद्य सम्भवको स्वागत , महाकाल ,लाखु , ढाक्सिङ ,खण्डो धेरङ्ग ,जरायो ,ध्याल्पो धम्जेन ,लाङ्दुर र झ्याक्मिन जस्ता लाखे नाच देखाईने गरिन्छ ।

Advertisement

धार्मिक मोक्ष प्राप्तीका लागि मुस्ताङी समुदायले ध्योक्योप प्रति अगाध आस्था र बिश्वास राख्ने गर्छन् । यस वर्ष मार्फा ,ठिनी र स्याङमा भएको ध्योक्योपमा मुस्ताङका उल्लेख्य सर्वसाधरणको भीड लाग्यो । यस्ता धार्मिक पर्वमा स्थानीय सर्वसाधरण देखी आन्तरिक तथा बाह् पर्यटकहरुले पनि उत्सुकतापुर्वक अवलोकन गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया