तनहुँ कारागारका कैदीहरुलाई ब्रह्मकुमारीद्वारा २ दिने प्रशिक्षण

समाधान संवाददाता, दमौली
समाजमा रहेका नागरीकहरु लाई भैतिक एवं नैतिक रुपमा सशक्त बनाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको आयोजनमा मेडिटेशन र माइन्डपुलनेस विषयक दुई दिवसिय प्रशिक्षण कार्यक्रम तनहुँ कारागारमा सम्पन्न भएकाे छ ।
सो प्रशिक्षणमा विचारको शक्ति,सात्वविक आहार,सतकर्म,समयको महत्व, मानवजीवन, ध्यान, आध्यात्मिकता आदिको विषयहरुमा प्रशिक्षक ब्रह्माकुमार राजु खड्का र प्रशिक्र्षिका ब्रह्माकुमारी यमुनाले प्रशिक्षण दिनु हुदै सफल जीवनका लागि मानशिक एवं शारिरीक रुपमा स्वस्थ रहनु पर्ने त्यसको लागि आध्यात्मिकता र भौतिकताको सन्तुलको आवश्यकता भएको र साथमा आन्तरीक रुपमा सशक्त जागरुक हुनु पर्ने । आन्तिर रुपमा निरन्तर सशक्त रहनको लागि आध्यात्मिक चिन्तन ध्यान योगको दैनिक अभ्यास गर्नु पर्ने आजको आवश्कता भएको बताउनु भयो । दैनिक जीवनमा असल चिन्तन गर्ने विधिको अभ्यास पनि गराईयो ।
जेलर विजयराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन ब्रह्माकुमारी रेश्माले गर्नु भएको थियो ।
प्रशिक्षणमा करीब १२७ जना बन्धिहरुको सहभागिता रहेको थियो ।









आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
पोखरा महानगरको कृषि र व्यवसाय प्रवर्द्धन कार्यालय सभागृहमा सर्यो
सुजल डेरीले ल्यायो ‘डिलाइट डेरी प्राइड’ मिल्क पाउडर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया