स्टेप बाई स्टेपमा चुनावबाट विभिन्न समिति चयन

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलमा प्रत्यक्ष निर्वाचनबाट कार्यसमिति चयन गरिएको छ । निर्वाचन प्रणालीबारे विद्यार्थीलाई सिकाउने उद्देश्यले प्रत्यक्ष निर्वाचन गरी नयाँ समिति चुनिएका हुन् ।
निर्वाचन आयोगले निर्वाचनमा प्रयोग गर्ने मतपेटिका लागायतका सामग्री प्रयोग गरीे तीनै सर्कलको निर्वाचन गरिएको थियो । युवा रेडक्रस सर्कलको अध्यक्षमा आयुषा थापा, उपाध्यक्ष मेलिना पुन, सचिव मानुसी गुरुङ, कोषाध्यक्ष सम्भव रेग्मी र सहसचिव अनुज बराल छन् ।
सदस्यमा इमा थापा, समृद्धि खत्री, सदीक्षा पौडेल, आरोही अधिकारी र करुणा केसी चुनिँदा शिक्षक नायकको जिम्मेवारी विवेक गौतमलाई दिइएको छ । प्रशन्ना पराजुलीको अध्यक्षतामा निर्वाचित क्वालिटी सर्कलको उपाध्यक्षमा अन्मोल गुरुङ र कोषाध्यक्षमा रोमन्सन गिरी छन् । सदस्यमा इरा शर्मा, विनायक गुरुङ, आयुषी बराल, अनुस्का शर्मा र उमङ भुजेल छन् । शिक्षक कोर्डिनेटरमा रितु गौतम छिन् ।
ग्रो सर्कलको नेतृत्व रोजित सापकोटाले पाएका छन् । सर्कलको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः साहारा खड्का, सौरभ भण्डारी, निरेश क्षेत्री र सुदर्शन तिमिल्सिना छन् । सदस्यमा सुशान्त पराजुली, सफल गौतम, मानस्वी खड्का, सुप्रिया दास र अमिक नेपाली निर्वाचित हुँदा शिक्षक कोअर्डिनेटरको जिम्मेवारी नवीन रानालाई दिइएको छ ।
कार्यक्रममा संस्थापक प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीमा नेतृत्व क्षमताक विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सत्रिलयता बढाउने उद्देश्यले सर्कलहरु गठन गरिएको बताइन् । कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दीपक गिरी र विद्यालय संयोजक सूर्यप्रसाद लम्साल र सामाजिक विभाग प्रमुख लक्ष्मण भण्डारीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया