आत्मनिर्भर बनाउन कसर राखिन्नः थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले युवालाई आत्मनिर्भर बनाउने योजनामा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना दोस्रो र युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा तालिम परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयको आयोजनामा भएको परियोजना निर्देशन समितिको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
‘युवाहरूलाई लक्ष्य गर्दै सञ्चालित यी परियोजनाहरूले सीप, दक्षता र रोजगार सुनिश्चिततामा उल्लेखनीय प्रभाव पार्नेछन् । प्रदेश सरकारले दिगो भविष्य निर्माणका लागि यस्ता योजनाहरूलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।
मन्त्री थापाले गुणस्तरीय प्राविधिक तालिम र सीप विकास कार्यक्रमले वैदेशिक रोजगारीमा जाने, स्वरोजगारको सम्भावना खोज्ने तथा उद्यमशील बन्न चाहने युवाहरूलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री थापाले मन्त्रालयले स्विजरल्यान्ड सरकारको सहकार्यमा शिक्षा क्षेत्रका तीन महत्वपूर्ण प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभिईटी) परियोजनाहरु कार्यान्वयन गर्दै आएको जानकारी गराए । स्विस विकास सहकार्य (एसडीसी) का प्रमुख माथिएस मेयरले युवाको वृतिविकासमा गण्डकी प्रदेश सरकारले गरेको कामको प्रशंसा गरे ।
उनले नीजि क्षेत्रसँग मिलेर साझेदारी मोडलमा गरेको कामलाई उदाहरणका रुपमा लिएका छन् । उनले मानवसंसाधनको विकासमा स्विस सरकारसँग साथमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
मन्त्रालयका सचिव नवराज ढकालले प्राविधिक र व्यवसायिक शिक्षालाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । स्विस सरकारलाई निरन्तर सहयोग गरिराख्न उनको अनुरोध छ । स्थानीय तहसँग समन्वय गर्दै मन्त्रालयले आफ्ना काम, कर्तव्य र अधिकारलाई अगाडि बढाउँदै लगेको बताए ।
नेपाल उद्योग वाणिज्य संघ गण्डकीका संस्थापक अध्यक्ष संजीव कोइरालाले स्विस सरकारले दिएको सहयोगलाई आम मजदुरहरूको सीप परिक्षणका लागि खर्च गर्नुपर्ने आवश्यकतालाई औंल्याए । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले प्राविधिक सीपयुक्त शिक्षालाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
जैमिनी नगरपालिका बाग्लुङका उपप्रमुख हरिहर शर्मा लगायतले बोलेको कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्सालले परियोजनाको प्रगतिका विषयमा जानकारी गराएका थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया