पोखरा महानगरपालिकामा नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु
समाधान संवाददाता
२०८२ असार १ गते २०:३०

पोखरा ।
घरघरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकामा नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा शुभारम्भ भएको छ । ज्येष्ठ तथा अशक्त नागरिकहरूका लागि घुम्ती स्वास्थ्य सेवा अन्तरगत नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ अभियानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे ।
यस क्रममा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना, स्वास्थ्य जाँच शिविर, मनोरोग, सरुवा एवं अन्य दीर्घ रोग सम्बन्धी विशेष जानकारी पनि दिइनेछ । नगरवासीको स्वास्थ्य प्रति महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको नगरप्रमुख आचार्यले बताए ।
पोखरा महानगरपालिका वडा नं.८ बाट सुरु गरिएको कार्यक्रम क्रमशः सबै वडाहरूमा विस्तार गरिने स्वास्थ्य महाशाखाले जनाएको छ ।

सम्बन्धित








निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया