लेखनाथ उद्योग बाणिज्य संघको भलिबल प्रतियोगिता

लेखनाथ ।
लेखनाथ उद्योग बाणिज्य संघले २८ औं वार्षिकोत्सव तथा २९ औं स्थापना दिवसमा भलिबल प्रतियोगिताको गरेको छ ।
खेलका माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र व्यवसायीहरुका विच भाइचारको सम्बन्ध विस्तार गर्न उद्देश्यले असार १८ र १९ गते प्रतियोगिताको गरेको हो ।
प्रतियोगिताको उद्घाटन संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए । त्रिपाठीले शारिरिक र मानसिक स्वास्थ्यका लागि समय निकालरे खेल खेल्नु अनिवार्य रहेको सुझाव राखे । कार्यक्रममा संघका अध्यक्ष विनोद श्रेष्ठ, महासचिव जानुका अधिकारी पराजुलीले बाेलेका थिए ।
प्रतियोगितामा सात टिमको सहभागिता छ । बुधवार भएको खेलमा अधिकृत विक्रेता संघ र बेगनास ताल वजार ब्यवस्थापन समितिबिच भएको खेलमा अधिकृत विक्रेता संघ विजयी भएको छ ।
संघका कार्यसमिति सदस्य र पावर हाउस बजार ब्यवस्थापन समितिबिच भएकाे खेलमा संघ विजयी भएको छ । साझा हाडवर्यस एसोसिएसन र बेगनासताल ढुङ्गा व्यवसायी विचको खेलमा हाडवर्यसको टिम विजयी भएको छ ।
बिहिवार सेमी फाईनल र फाईनको खेल हुने संघकी कार्यलय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिइन् । कार्यक्रम शुक्रबार अर्थविद पूर्व गर्भनर तथा पूर्व अर्थमन्त्रि युवराज खतिवडाको उपस्थिति बताइएको छ ।







कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
पारिवारिक कथामा ‘हर्ष’
नेफिनको गोष्ठी
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया