ठेकेदारको लापरवाहीले तनहुँमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

डुम्रे (तनहुँ), ५ साउन : यहाँको व्यास नगरपालिका–३ दमौलीस्थित नमूना पशुपक्षी अस्पतालको भवन निर्माण अधुरो बनेको छ ।
सो भवन विसं २०८१ पुसमा सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि ७५ प्रतिशत मात्रै काम सकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । निर्धारित समयमा पूरा नभएपछि पटक पटक म्याद थप गरेपनि समयमा सम्पन्न नभएको केन्द्रका प्रमुख रविसन अधिकारीले जानकारी दिए ।
ठेकेदारको लापरबाहीले सुस्त गतिमा काम गरेकाले २५ प्रतिशत काम अझै बाँकी छ । प्रमुख अधिकारीले भन्नुभयो, “द्रुतगतिमा काम गरेर छ महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप भएको छ ।” भवन निर्माणको जिम्मा इको बिल्डर्सले पाएको हो ।
सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको परिसरमा डेढ वर्षअघि सम्पन्न गर्नुपर्ने भए पनि भवन अधुरै छ । गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि करबाहेक रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को लागतमा अस्पताल भवन निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ । रासस







निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया