पूर्वप्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिदेखि सभापतिसम्मद्वारा दुःख व्यक्त

पोखरा ।
गण्डकी प्रदेशका पूर्व प्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरुङको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले गहिरो दुःख व्यक्त गरेका छन्। ७६ वर्षीय गुरुङको शनिबार बिहान चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरस्थित आफ्नै निवासमा निधन भएको हो। उनी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
राष्ट्रपति पौडेलले शोक सन्देश जारी गर्दै गुरुङले लोकतन्त्र स्थापनाका लागि पुर्याएको योगदान स्मरणीय रहने बताए। उनले २०४६ सालको जनआन्दोलनमा गुरुङले चितवनमा खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरे। यसैगरी, सभापति देउवाले गुरुङको निधनले पार्टी र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको उल्लेख गरे।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र कार्यवाहक मुख्यमन्त्री पद्मा जिसी श्रेष्ठले पनि छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै प्रदेशको अभिभावकका रूपमा गुरुङले करिब ३२ महिना सेवा गरी पुर्याएको योगदानको स्मरण गरेका छन्।
कास्कीको साविक घलेल गाविसमा जन्मिएका गुरुङ पछि चितवन बसाइँ सरेका थिए। उनी नेपाली कांग्रेस चितवनका पूर्व सभापतिसमेत हुन्। गुरुङ विसं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भई २०८० फागुन २८ गते पदमुक्त भएका थिए।
उनको पार्थिव शरीरलाई आइतबार देवघाटधाममा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।








युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया