जग्गा वर्गीकरण नहुँदा पोखरामा कित्ताकाट रोकियो

पोखरा
मालपोत कार्यालय, कास्कीले पोखरा महानगरपालिकाभित्र जग्गाको कित्ताकाट अनिश्चितकालका लागि रोकेको छ। महानगरपालिकाले तोकिएको समयभित्र भू-उपयोग वर्गीकरणको विवरण नबुझाएकाले कित्ताकाटसम्बन्धी सेवा स्थगित गरिएको हो।
मालपोत कार्यालयले बुधबार एक सूचना जारी गर्दै सेवा रोक्नुको कारण खुलाएको छ। भू-उपयोग नियमावली, २०७९ को संशोधित व्यवस्थाअनुसार स्थानीय तहहरूले २०८२ असार मसान्तभित्र आफ्नो क्षेत्रको जग्गा वर्गीकरण गरी कृषि क्षेत्र तोक्नुपर्ने कानुनी प्रावधान थियो।
तर, पोखरा महानगरपालिकाले उक्त समयसीमाभित्र जग्गाको वर्गीकरण गरी कित्तागत विवरण कार्यालयमा नबुझाएको सूचनामा उल्लेख छ। सोही कारण अर्को व्यवस्था नभएसम्मका लागि कित्ताकाटसम्बन्धी सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।
सेवा स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले सूचनामार्फत क्षमा मागेको छ। यो निर्णयले पोखरामा जग्गाको खरिद-बिक्री तथा अंशबन्डा जस्ता कार्यहरू प्रभावित हुनेछन्।








युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया