तुलसीघाटमा पुल निर्माण सकियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटमा पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) सम्झौता समयभित्रै निमार्ण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए ।
स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए ।
पुल निमार्ण सम्पन्न भएसँगै स्थानीयले लामो समयदेखि आउजाउमा दैनिक जसो भोग्नुपरेको सास्तीको अन्त्य भएको महसुस गरेका छन् ।
आर्कब्रिज’को लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो । पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।










निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया