क्षत्री समाजका पदाधिकारीलाई नेतृत्व विकास प्रशिक्षण

पोखरा । क्षत्री समाज नेपाल गण्डकी प्रदेश समिति जिल्ला कार्यसमिति तथा भातृ संस्थाका पदाधिकारीलाई नेतृत्व विकास प्रशिक्षण दिएको छ । अन्नपूर्ण १ सिम्पालीमा भएको दुइदिने प्रशिक्षणमा प्रदेशका ९ जिल्लाका पदाधिकारी, प्रतिनिधि र ४ भातृ संस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागिता छ ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सरकारले भौतिक पूर्वाधारको विकासको अलवा मानवीय विकासमा ध्यान दिने बताए । समाज रुपान्तरण र समुन्नत समाज निर्माणमा प्रदेश सरकारले अगुवाई गरेको उल्लेख गर्दै उनले युवा, महिला, समुदायको सक्रिय सहभागिता विना सामाजिक विकासको काम हुने नसक्ने तर्क गरे । ‘समाजले असंगठित रुपमा रहेका क्षत्रीलाई एकताबद्ध गरेको छ,’उनले भने, ‘समुदायको सशक्तिकरणको लागि प्रदेश सरकार सकारात्मक छ ।’ उनले निष्ठाको कामले मात्र समाजको रुपान्तरण हुने उल्लेख गरे ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सबै गतिविधि शहरमुखी भएको परिप्रेक्ष्यमा प्रशिक्षणको लागि ग्रामिण क्षेत्र रोजेकोमा आभार प्रकट गरे । समाजको केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले समाजले सबै जिल्लाका संगठनलाई चलायमान बनाउन ध्यान दिएको बताए । गाउँदेखि केन्द्रसम्म चलाएको तालिम, प्रशिक्षणले संगठन सुदृढिकरणको लागि थप उर्जा मिल्ने उल्लेख गरे ।
समाजका केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक रामेश्वर थापाले समाजको अभियानले नेपालमा जातीय सद्भाव कायम गर्न सहयोग पुगेको दाबी गरे । उनले समाजले गरेको आन्दोलनले जातीय पहिचानको आधारमा प्रदेश नबनेको बताए ।
समाजका महासचिव तथा प्रशिक्षक कृष्णबहादुर थापाले जिल्ला जिल्लामा फर्केर संगठनलाई मजबुद बनाउन र कार्य सम्पादनलाई सहज बनाउन प्रशिक्षणले सहयोग पुग्ने जानकारी दिए । महासचिव थापाले समाजले देशका ६३ जिल्ला र विदेशमा शाखा विस्तार गरेको बताए ।
युद्वकलासँग जोडिएको सरुन खेल (सराय नाँच)लाई राष्ट्रिय खेलको सूचीमा राख्नका लागि प्रयास भइरहेको उनले उल्लेख गरे । कार्यक्रममा ढिकुर पोखरीका कुँवरहरुले सरुन खेल प्रर्दशन गरेका थिए । कार्यक्रममा क्षत्री समाज नेपाल महिला समितिका अध्यक्ष उर्मिला खड्का भण्डारी नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा निर्वाचित भएकोमा दोशल्ला ओढाएर सम्मान गरिएको छ ।
‘राष्ट्रिय अखण्डता तथा जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने नाराका साथ भएको कार्यक्रममा अन्नपूर्ण गाउँपालिका पूर्व अध्यक्ष युवराज कुँवर, समाजका प्रदेश ईञ्चार्ज राजेन्द्र अधिकारी, प्रदेश अध्यक्ष इन्द्रमान क्षत्री, प्रदेशका पूर्व अध्यक्ष बेनीबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी,सचिव कृष्ण घिमिरे, पूर्व शिक्षक कृष्णबहादुर कँुवरले बोलेका थिए ।








युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया